बैतडी — सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नं ६ शंकर संस्कृत मावि, मूलखटालीले १९ पदकसहित लगातार पाँचौं पटक उपाधि जितेको छ।
दोस्रो स्थान केदार मावि, कठमडा, तेस्रो सिगास मावि, मुसेरौटे र चौथो उच्चाकोट मावि, गुर्केलीले क्रमशः १४, ९ र ७ पदक जितेका छन्।
प्रतियोगितामा १३ विद्यालयका खेलाडी सहभागी भए। विजेतालाई आज शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ।










प्रतिक्रिया दिनुहोस्