images
images

रिलायबल बैतडीको सामाजिक कार्य: ३० खेलाडीले पाए नयाँ ड्रेस

बैतडी – पाटन नगरपालिका–३ स्थित गुजर माध्यमिक विद्यालयका खेलाडीहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीका लागि आज नयाँ ड्रेस पाएका छन्।

 

पौष १५ गतेदेखि सञ्चालन हुने नगरपालिकास्तरीय प्रतियोगितामा विद्यालयतर्फबाट सहभागी हुने ३० खेलाडीलाई विशेष कार्यक्रमको माध्यमबाट ड्रेस वितरण गरिएको हो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बैतडी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बैतडी शाखा प्रमुख लाेकेन्द्र विष्टले बताए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बिष्ट र वडा नं ३ का अध्यक्ष करुणाकर भट्टकाे समेत उपस्थिति थियाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्टले भने, “बीमा कम्पनीबाट गरिएको सहयोगले खेलाडीहरुलाई सहजता मिल्नेछ र उनीहरुको आत्मविश्वासमा वृद्धि हुनेछ।”

ड्रेस वितरणपछि खेलाडीहरु उत्साहित देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्