images
images

बैतडीकाे बाशुदेव आधारभूत विद्यालयले मनायाे ७६ औँ वार्षिकोत्सब

बैतडी– बैतडीकाे बाशुदेव आधारभूत विद्यालयले वार्षिकाेत्सव मनाएकाे छ ।

सुर्नया गाउँपालिका ३ तडिगाउँ स्थित आधारभूत विद्यालयले शुक्रबार  ७६ औँ वार्षिकोत्सब मनाएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान देव भट्टकाे सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि वार्षिकाेत्सव मनाएकाे शिक्षक नन्दराज भट्टले बताए ।

वार्षिकोत्सब कार्यक्रम विद्यालयका प्रधानाध्यापक बिरदेव भट्टले आर्थिक,भाैतिक  र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै विद्यार्थीहरुलाई पुरस्कार समेत  वितरण गरिएकाे छ ।

काठमाडौंकाे किर्तिपुरमा सञ्चालनमा रहेकाे दिया एजुकेशन सेन्टरका सञ्चालक एवं काेरियन भाषा  प्रशिक्षक विवेक भट्ट र जयराज भट्टबाट प्राप्त  पुरस्कार रकम  विद्यालय  प्रथम, द्वितीय र   तृतीय हुने विद्यार्थीहरुलाई वितरण  गरिएकाे शिक्षक भट्टले बताए ।

तडीगाउँ छडा निवासी महाविर भट्टका पुत्रद्वय बिवेक र भास्कर बासुदेव आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थी पनि हुन् ।

यस्तै सुर्नया २ लिस्किटा घर भएका शिक्षा प्रेमि व्यक्ति भानबहादुर चन्दले बासुदेव आविमा स्थापना गरेकाे  दिपक चन्द विशाल स्मृति अक्षयकोषबाट पनि विद्यालयका प्रथम, दलित विद्यार्थी र छात्रा प्रथमलाई पुरस्कार वितरण  गरिएकाे हाे ।

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न वार्षिकोत्सबमा वडा नं ३ का अध्यक्ष शम्भुप्रसाद भट्ट , कार्यपालिका सदस्य कमलापति र जानकी टेलर विभिन्न राजनितीक दलका प्रतिनिधि, विभिन्न     विद्यालयका प्रधानाध्यापक,शिक्षक अभिभावकहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्