images
images

अक्षर आरम्भ गरेको विद्यालयमा पन्तद्वारा १ लाखकाे अक्षयकोष स्थापना

बैतडी– बैतडीमा सेवा निवृत्त शिक्षक पन्तले आफुले अक्षर आरम्भ  गरेकाे विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

जिल्लाकाे डिलाशैनी ४ घर भई जीवनभर शिक्षालाई समाज परिवर्तनको आधार मानेर समर्पित गरेका  मठैराज माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक गङ्गा दत्त पन्तले जेहेन्दार तथा अनुशासित विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्यले  १ लाखको ‘श्री गङ्गा दत्त पन्त जेहेन्दार विद्यार्थी अक्षय कोष’ स्थापना गर्नुभएको हाे ।

आफूले अक्षरारम्भ गरेको  घटाल माध्यमिक विद्यालय डिलाशैनि–४ काे६६ औँ वार्षिकोत्सबकाे अवसर पारेर अक्षयकोष स्थापना गरेकाे उनले बताए ।

हरेक वर्ष एक जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने लक्ष्यसहित स्थापना गरिएको उक्त अक्षय कोषलाई शिक्षा क्षेत्रमा दीर्घकालीन लगानीका रूपमा लिइएको छ।

बैतडीको ग्रामीण भेगमा शिक्षा विस्तारको सपना बोकेर अघि बढ्नुभएका पन्तले  मठैराज माध्यमिक विद्यालय स्थापना गरी करिब दुई दशकसम्म संस्थापक प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै सयौँ विद्यार्थीको जीवनमा उज्यालो भरिदिनुभएको थियो।

स्थानीय अगुवा, समाजसेवी र शिक्षाप्रेमीहरूको सामूहिक साथले  आफुले विद्यालय स्थापनादेखि संरचना निर्माण गरेर पठनपाठन शुभारम्भ गरेकाे उनकाे भनाई छ ।

पन्तका स्वर्गीय बुबा महानन्द पन्तले विद्यालय स्थापनाका लागि आवश्यक जग्गा प्रदान गरी ऐतिहासिक योगदान दिनुभएको थियो । यस्तै  संस्थापक शिक्षक हर्कबहादुर बोहरासँगको निरन्तर सहकार्यले विद्यालयलाई अगाडि बढाउन सफल भएका उनी  बताउँछन्  ।

“पन्तले भने;-शिक्षा विस्तार र विद्यालय विकासमा  तत्कालीन स्थानीय अगुवाहरूको महत्त्वपूर्ण साथ सहयोग पाए,   विद्यालयको संरचना निर्माण र संस्थागत विकासका क्रममा सहयोग गर्नेहरुमा किर्पादत्त पन्त (रसायनि), जयसिंह बोहरा (द्वारि), बिर्भान बोहरा (बलालि), जयभान बोहरा (बलालि), जगत बहादुर बोहरा (द्वारि), गौरे बोहरा (अराडि), शिवलाल नेगी (जोखल्लि), आनसिंह बिष्ट (फलेडि), धर्मानन्द अवस्थी(कालापानी) साथ मिल्याे,। यस्तै तत्कालीन गाउँ पञ्चायतका प्रधान बिर बहादुर साउद (बस्कोट) र स्थानीय अगुवा जयदेव कार्की (पन्तोली) पनि प्रमुख रूपमा सहयाेग गरे, अन्तिम स्वीकृति लिन पन्तका मामा समाजसेवी राजनितीज्ञ    बिरभद्र जोशी ( सेरा) ज्युले ठुलो गुन लगाएका हुन् ।

२००४ सालमा जन्मनुभएका शिक्षक पन्तले शिक्षा क्षेत्रमाअतुलनीय याेगदान पुर्याउनु भएकाे स्थानीय नागरिकहरुकाे भनाई छ ।

शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै स्थापना गरिएको अक्षय कोषले गरिब तथा मेहनती विद्यार्थीहरूलाई निरन्तर प्रेरणा दिने विश्वास लिइएको छ।

पन्तको यस योगदानप्रति विद्यालय परिवार, स्थानीयवासी र अभिभावकहरूले उच्च सम्मान र आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्