images
images

निर्वाचन : बैतडीमा ५ नयाँ मतदान केन्द्र थपिए

बैतडी – फागुन २१ मा हुने प्रतिनिधिसभ निर्वाचनका लागि बैतडीमा ५ नयाँ मतदान केन्द्र थपिएका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि जिल्लामा ५ मतदान केन्द्र थपिएका हुन् ।

यस्तै   मेलाैली  २ मा रहेको १ मतदान केन्द्र घटाइएको छ।

नयाँ केन्द्रहरू सिगास–४, दशरथचन्द–७ र–९, शिवनाथ–३ र पाटन–५ मा स्थापना भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बैतडीमा  १२९ मतदानस्थल  रहेका छन्।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहनेछ।

 

गएको निर्वाचनमा २ सय १० ओटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि २ सय १४ ओटा मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए ।

बैतडीका मतदाताको संख्या १,५६,३७२ पुगेको छ। जुन गत वर्षभन्दा ६,२१६ ले बढी हो।

निर्वाचन कार्यालयले स्थानीय, प्रदेश र संघका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा वा वृद्धाश्रममा रहेका मतदाताहरूको विवरण संकलन गर्दैछ।

प्रतिक्रिया दिनुहोस्