बैतडी – पुर्चौडी नगरपालिका–३ नाकालीस्थित बिणेश्वर माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभावक मनाएकाे छ ।
साेमवार विविध कार्यक्रम गरेर विद्यालयले ४७औँ वार्षिकोत्सब मनाएकाे हाे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल बैतडीका प्रमुख डीएसपी जंगबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
आफ्नै जन्मथलो नाकालीमा आयोजित वार्षिकोत्सवको अवसर पारेर डीएसपी कुँवरले १८ जना विपन्न तथा दलित परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन।
त्यसैगरी, उहाँले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने उद्देश्यले आफ्ना बुवा गोबिन्द कुँवर र आमा बिर्मा कुँवरको नाममा विद्यालयमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना समेत गर्नुभएको छ ।
उक्त अक्षयकोष विद्यालयको शैक्षिक उन्नयन तथा विद्यार्थी हितमा प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुँवरले जानकारी दिनुभयो ।
शिक्षा प्रेमि डीएसपी कुँवरकाे कार्यकाे सबैले प्रशंसाा गरेका उनले बताए ।न्यानाे कपडा पाउँदा विपन्न दलित बालबालिका पनि खुसि भएका विद्यालय परिवारले जनाएकाे छ ।
कार्यक्रममा सांस्कृतिक तथा शैक्षिक प्रस्तुति, विद्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सबमा सहभागी जनप्रतिनिधि र सरोकारवालाहरूले विद्यालयको समग्र विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रधानाध्यापक कुँवरले बताए ।










प्रतिक्रिया दिनुहोस्