images
images

राप्रपा बैतडीकाे दशवटै पालिकामा अधिवेशन सम्पन्न,चुनाव जित्ने दाबी

बैतडी -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैतडीको डिलाशैनी गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न गरेको छ ।

मंगलबार डिलाशैनी गाउँपालिका–६ स्थित देवझाडी मन्दिरमा सम्पन्न अधिवेशनले धनसिंह मालको अध्यक्षतामा २५ सदस्यीय पालिका कार्यसमिति चयन गरेको हो ।

राप्रपा बैतडीका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टका अनुसार उपाध्यक्षमा निर्मला थलाल, धाैल सिंह राना र हिरालाल खडायत चयन भएका छन् ।

यस्तै सचिवमा जनक बोहरा, कोषाध्यक्षमा नरबहादुर साउद तथा सह–सचिवमा नरेन्द्र माल र सहकृष्ण नाथ चयन भएका छन् ।

अधिवेशनमा जिल्ला अध्यक्ष भट्टसहित प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस उम्मेदवार भुपेनबहादुर चन्द लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

राप्रपाले बैतडी जिल्लाका दशवटै पालिकामा      पालिका अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीसहित बैतडीमा सक्रिय भएपछि जिल्लाको राजनीतिक माहोल तातिएको छ ।

राप्रपाप्रति जनआकर्षण बढ्दै गएको दाबी गर्दै पार्टी नेताहरूले आगामी निर्वाचनमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्