images
images

बैतडीकाे उदयदेव माविले पूर्व विद्यार्थी समाज गठन गर्दै 

बैतडी – बैतडीकाे उदयदेव माविमा पूर्व विद्यार्थी समाज गठन हुने भएकाे छ ।

जिल्लाको सुर्नया गाउँपालिका–४ पालिगडामा अवस्थित उदयदेव माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन हुने भएको हाे ।

विद्यालयबाट अध्ययन पूरा गरेका पूर्व विद्यार्थीहरूको ऐतिहासिक भेला तथा अधिवेशनमार्फत माघ १५ गते औपचारिक रूपमा पूर्व विद्यार्थी समाज गठन गर्न लागिएको हो।

विद्यालयका प्रधानाध्यापक वीर सिंह साउदका अनुसार, उदयदेव माविबाट शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई एउटै छातामुनि संगठित गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले समाज गठन गर्न लागिएको हो।

भेला तथा अधिवेशनले कार्यसमिति चयन गर्नुका साथै भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई उपस्थित भई ऐक्यबद्ध हुन विद्यालय प्रशासनले हार्दिक अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्