images
images

बैतडी:भुवनेश्वर मावि गाेयलीकाे विद्यालय व्यवस्थापन समिति अध्यक्षमा  मनिदत्त भट्ट चयन

बैतडी- बैतडीको सुर्नया गाउँपालिका -३ गोयली स्थित भुवनेश्वर मावीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा भट्ट चयन भएका छन् ।

आईतबार विद्यालयमा बसेको अभिभावकहरुको भेलाले अध्यक्ष मनि दत्त भट्टको अध्यक्षतामा नाै सदस्यीय  नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएकाे  प्रधानाध्यापक गणेश भट्टले बताए ।

निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णु भट्टकाे कार्यकाल समाप्त भएपछि देउडिया भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको उनले बताए ।

यस्तै शिक्षक अभिभावक संघकाे  अध्यक्षमा राम सिंह विष्ट चयन भएका छन् ।  निर्वतमान अध्यक्ष देवदत्त भट्टकाे कार्यकाल समाप्त भएकाे विष्टकाे अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएकाे प्रधानाध्यापक भट्टले बताए ।

कक्षा १२ सम्मकाे पढाइ हुने भुवनेश्वर मावी गोयलीमा करिब ३ सय जना विद्यार्थी  अध्यानरत रहेका बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्