images
images

राप्रपा बैतडीको जिल्ला अध्यक्षमा फेरि इन्द्रदेवशरण भट्ट चयन

बैतडी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको जिल्ला अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन भएका छन् ।

आइतबार बैतडी सदरमुकाममा सम्पन्न जिल्ला भेलाले भट्टको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा अम्बिका भण्डारी चयन भएकी छन् ।

अन्य पदाधिकारी भने चयन भएका सदस्यहरूमध्येबाट पछि टुंगो लगाइने अध्यक्ष भट्टले जानकारी दिए ।

राप्रपाले जिल्लाका १० वटै स्थानीय तह तथा दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

पुनः अध्यक्षमा चयन भएपछि भट्टले पार्टीको संगठन विस्तार, जनआधार मजबुत बनाउने तथा जिल्लाभर पार्टीलाई सशक्त बनाउनेतर्फ विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्