images
images

बैतडीमा चुनावी गतिविधि तीव्र, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

जिल्ला अदालत बैतडीमा शुक्रबार कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेकाले मनोनयन दर्ता लगायतका सबै निर्वाचनसम्बन्धी काम यही कार्यालयबाट हुने जनाइएको छ।

जिल्लामा हाल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS