images
images

बैतडी कांग्रेसलाई ठुलाे झटका, जुझारु नेता तेज चन्दले पार्टी छाडे

बैतडी– बैतडी कांग्रेसका जुझारु नेता चन्दले पार्टी छाडेका छन् ।

मेलाैली नगरपालिका घर भएका  कांग्रेसका प्रदेश कार्यसमिति सदस्य तेज बहादुर चन्दले पार्टी छाडेेका हुन् ।

चन्दले पार्टीगत राजनीति त्यागेर स्वतन्त्र रूपमै नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताउँदै आगामी निर्वाचनमा बैतडीबाट प्रतिनिधि सभा चुनाव लड्ने तयारी गरिरहेको बताएका छन् ।

समाजिक सञ्जाल माार्फत उनले अब कुनै पार्टीमा नरहने  बताएका छन् ।

उनले भनेका छन्,“चुनाव लड्ने विषयमा म आन्तरिक रुपमा मेरो टिमसँग छलफलमा छु, सकभर मेरो उम्मेदवारी दर्ता हुन्छ।”

 

चुनावकाे मुखमा चन्दकाे पार्टी परित्यागले  कांग्रेस बैतडीमा   हलचल  पैदा भएकाे छ ।

 

युवा नेता पार्टी छाडेर जानू कांग्रेस बैतडीका लागि ठुलाे झट्काकाे विषय भएकाे केही नेताहरुकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्