बैतडी — लामो समयदेखि पानी नपर्दा खेतीपाती प्रभावित भएपछि बैतडी जिल्लाका किसानहरू गहिरो चिन्तामा परेका छन्।
गहुँसहित अन्य बाली सुक्न थालेपछि किसानहरूले परम्परागत धार्मिक रीतिअनुसार पानीको प्रार्थना गर्न थालेका छन्।
सुर्नया गाउँपालिका वडा नं. ५ स्थित रौलाकेदार धाममा स्थानीय बासिन्दाहरूले केदार देवताको आराधना गर्दै पानीको कामना गरेका छन्।
परम्पराअनुसार बाजागाजा सहित धाममा पुगेर भराण घर रौलाकेदारको थप्नामा रातभर जाग्राम बसेर प्रार्थना गर्ने चलन रहेको छ।
स्थानीय बासिन्दा प्रकाश सिंह महराका अनुसार लामो समयदेखि वर्षा नहुँदा खेतीमा ठूलो क्षति भइरहेकोले स्थानीय पानीकाे प्राथना गरिर
हेका छन् ।
“पानी नपर्दा गहुँ र अन्य बाली सुक्न थालेका छन्। हाम्रा बुढापाकाको विश्वासअनुसार देवतालाई आराधना गर्दा वर्षा पर्छ भन्ने मान्यता छ,” उनले भने।
यसरी केदारकाे प्राथना गरे पानी पर्ने जनविश्वा रहिआएकाे छ ।
स्थानीयहरु जहिल्लै पानी नपरे केदारकाे शरणमा जाने गरेका र भगवान प्रशन्न भएर पानी पर्ने गरेकाे महराले बताए ।
अहिले सुर्नया ४ का किसान प्राकृतिक समस्याको समाधान खोज्न भगवान केदारकाे शरणमा आराधना गर्न थालेका उनले बताए ।
जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा यस्ता परम्परागत अभ्यासहरूले समुदायलाई एकजुट राख्ने काम समेत गरिरहेको स्थानीयहरुले बताए ।










प्रतिक्रिया दिनुहोस्