images
images

बैतडीकाे राैलेश्वर माविले वार्षिकोत्सबकाे अवसरमा छात्र भलिवल प्रतियोगिता गर्दै, प्रथम पुरस्कार १५ हजार

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर माध्यमिक विद्यालयले आफ्नो ७४औँ वार्षिकोत्सवको अवसर पारेर मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

विद्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही माघ १२ गते सुर्नया गाउँपालिका अन्तर्गत कक्षा १२ सम्म सञ्चालनमा रहेका माध्यमिक विद्यालयहरूबीच छात्र भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

वार्षिकोत्सवको शुभ अवसर पारेर खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै प्रतियोगिता आयोजना गरिएको रौलेश्वर माविका प्रधानाध्यापक गोपाल सिंह मडैले जानकारी दिनुभयो।

प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

भलिबल प्रतियोगितामाप्रथम हुने टिमलाई नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,द्वितीय हुने टिमलाई नगद १२ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै तृतीय हुने टिमलाई नगद ८ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने प्रधानाध्यापक मडैले बताउनुभयो।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूले माघ ११ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गराउनुपर्नेछ। दर्ता शुल्क १ हजार ताेकिएकाे छ ।

प्रतियोगिता माघ १२ गते बिहान ८ बजेदेखि रौलेश्वर माविको प्राङ्गणमा सञ्चालन हुनेछ।

यसैगरी, माघ १३ गते विद्यालयको ७४औँ वार्षिकोत्सव भव्य तथा सभ्य रूपमा मनाउने तयारी भइरहेको जनाउँदै प्रधानाध्यापक मडैले विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ।

भलिबल प्रतियोगिता सम्बन्धि सूचना

प्रतिक्रिया दिनुहोस्