बैतडी– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट परमानन्द भट्ट उम्मेदवार बनेका छन्।
नेकपाले जिल्लास्तरको छलफल तथा केन्द्रको निर्णयपछि भट्टलाई बैतडी क्षेत्रको प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो।
परमानन्द भट्ट बैतडीको सुर्नया गाउँपालिका–४ मेलडुङरा निवासी हुन्। उनी लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी नेता मानिन्छन्।
भट्ट स्थानीय तहका राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका राजनीतिज्ञ हुन् ।
बैतडीका जनता माँझ भट्ट शालिन, इमानदार र सरल नेताको रुपमा परिचित राजनीतिक पात्र हुन् ।
जनप्रियता र जनसमर्थनले भट्टलाई अहिले बैतडीमा बलियो उम्मेदवारकाे रुपमा हेरिएकाे छ ।
एमाले बैतडीका संस्थापक एवं पूर्व जिल्ला विकास समिति सभापति समेत भैसकेका परमानन्द भट्ट संघीयता पछि पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
उनी उम्मेद्वार बने सँगै बैतडीका गाउँ,बस्ती, बजार र चिया पसलमा सकरात्मक चर्चा हुन थालेकाे छ ।
उनकाे पक्षमा आवाज खुलेर बाहिरिन थालेका छन्।
एमालेका संस्थापक नेता परमान्नद भट्ट अहिले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध छन्।
उनी तारा चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार भट्टको उम्मेदवारीले एमालेका मत पनि प्रभावित हुने सम्भावना रहेको छ।
एमालेको परम्परागत आधार रहेको बैतडीमा भट्टको लोकप्रियता र सामाजिक सञ्जालमा फैलिएको चर्चा उनलाई मत आकर्षित गर्न सक्षम बनाउने अनुमान गरिएको छ।
लामाे समय एमाले पार्टीमा रहेर जिविस सभापतिकाे रुपमा जनसेवा गरेका कारण उनलाई बढी मत तान्न सक्ने उम्मेदवारकाे रुपमा हेरिएकाे छ ।
सुर्नयाका स्थानीय देव दत्त भट्ट भन्छन् “जिविस सभापति हुँदा उहाँ गाउँ,गाउँमा पुग्नुहुन्थ्यो,कागजमा योजना होइन, जमिनमा काम देखिन्थ्यो। यस्तो मान्छे संसद पुगे राम्रो हुन्छ।”
सिगासका एकजनाले स्थानीयले भने ,“ उहाँकाे काम गर्ने शैली अरु भन्दा भिन्न नै हाे, सिगासका नागरिक उनले टिकट पाउँदा खुसि छन् ।सिगासका समस्या समाधान गर्न उहाँले पहिला पनि चासो देखाउनुभएको थियो,अहिले पनि यहाँकाे विकासका लागि चिन्तित नेता हुन्। उहाँ जस्ताे बुझ्ने नेता संसदमा पुग्नै पर्छ।”
पुर्चाैडीका प्रकाश कुवरले भन्छन “बोल्ने धेरै आए, तर काम थोरैले गरे। परमानन्द भट्ट कम बोल्नुहुन्छ,उहाँ अनुभवी नेता हुन , काम गर्छन भन्ने विश्वास छ हामी भाेट दिन आतुर छाैँ।”
तर दशरथचन्द नगरपालिका–६ का एक जना युवा भन्छन ,“भट्ट अनुभवी नेता हुन उनि शालिन पनि छन् मान्छु तर अब भाेट माग्न आउँदा युवाको रोजगारी र विदेश पलायनबारे ठोस योजना चाहिन्छ।”
पञ्चेश्वरका युवाहरु भन्छन, हामी परिवर्तनको पक्षमा छाैँ, गाउँ समाज र समुदायमा भाषण भन्दा काम गर्नेलाई भाेट हाल्न अपिल गरिरहेका छाैँ।”
बैतडीका स्थानीय वृद्ध भन्छन्,“ परमान्नदले जिविस सभापति हुँदा कामकाज राम्रै गरेका हुन, उनी बिगार्ने भन्दा पनि विकासवादी हुन्।”
परमानन्द भट्टले निर्वाचन जितेपछि जनचाहना अनुसार काम गर्ने वचन दिएका छन् । बैतडीको विकास, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी लाई प्राथमिकतामा राखेर काम गर्ने उनकाे प्रतिबद्धता छ ।
उनले बैतडीलाई पछि पारिएको जिल्लाको रूपमा होइन, सम्भावनायुक्त जिल्लाको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेकाे बताए ।
स्थानीयस्तरमा रहेको आफ्नो समर्थन र प्रभावलाई चुनावी रणभूमिमा प्रभावकारी रूपमा प्रयोग गर्न सके भट्ट विजयी हुने आकलन गरिएकाे छ ।
संसदीय चुनावमा परमान्नदको उपस्थितिले आगामी चुनाव कडा प्रतिस्पर्धात्मक बनाउने संकेत दिएको छ।
भट्ट संगै बैतडीमा नेकपा एमालेका दामाेदर भण्डारी, कांग्रेसका चतुर बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका हिरमाेहन भण्डारी ,राष्ट्रिय प्रजातान्त्र पार्टीका भुपेन चन्द सहित ११ जना चुनावी मैदानमा छन् ।


डीआर भट्ट 







प्रतिक्रिया दिनुहोस्