बैतडी– बैतडीको सुर्नया गाउँपालिका–३ गोयलीमा रहेको भुवनेश्वर माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरेको छ।

बुधबार विद्यालय प्राङ्गणमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब मनाइएकाे हाे।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनिदत्त भट्टको सभाध्यक्षतामा वार्षिकाेत्सब कार्यक्रम सुसंस्कृत र भव्य ढंगले सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति सदस्य रोशन भट्टले जानकारी दिए।

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भट्टले बताए ।
वार्षिकोत्सब कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय नागरिकहरुकाे उल्लेख्य सहभागिता रहेको थियो।











प्रतिक्रिया दिनुहोस्