images
images

बासुदेव माविले मनायो ७६ औँ वार्षिकोत्सब

बैतडी-बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा रहेको बासुदेव माध्यमिक विद्यालयले आफ्नो ७६ औँ वार्षिकोत्सब भव्य रूपमा मनाएको छ।

आईतबार विद्यालय प्राङ्गणमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब मनाइएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर चन्दको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम सुसंस्कृत र भव्य ढंगले सम्पन्न भएको विद्यालयका शिक्षक मानबहादुर चन्दले जानकारी दिए।

वार्षिकोत्सबको अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

साथै विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कक्षाकक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको बासुदेव माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालयका रूपमा परिचित छ।

२००६ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत छन्।

नमूना विद्यालयका रूपमा छनोट भएको बासुदेव माविमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्