images
images

बैतडीको सुर्नया–३ मा रास्वपाको प्रथम अधिवेशन , विष्णु भट्ट सभापतिमा चयन

बैतडी– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका–३ को वडा सभापतिमा विष्णु भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।

आइतबार सुर्नया–३ स्थित गोयली खल्लेकमा सम्पन्न प्रथम वडा अधिवेशनले समाजसेवी तथा जुझारु युवा विष्णु भट्टलाई वडा सभापतिमा चयन गरेको हो।

रास्वपाका नेता विशाल भट्टका अनुसार अधिवेशनले संगठनलाई जरोदेखि मजबुत बनाउने उद्देश्यसहित भट्टको नेतृत्वमा ११ सदस्यीय वडा समिति चयन गरेको छ।

अधिवेशनमा रास्वपाका नेता भोजराज जोशी ‘क्वालिटी’, विशाल भट्ट, सुरेश विष्ट, जितबहादुर विष्टलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वडा सभापतिमा चयन भएपछि बोल्दै विष्णु भट्टले संगठन विस्तार, जनतासँग प्रत्यक्ष जोडिने अभियान सञ्चालन गर्ने र पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका नेता भोजराज जोशीले पछिल्लो समय रास्वपाप्रति जनआकर्षण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीले जित हासिल गर्ने दाबी गरे।

स्वच्छ छवि भएका समाजसेवी भट्टकाे नेतृत्वले पालिका भरि नै रास्वमा अझ मजबुत र सशक्त बन्ने विश्वास  रास्वपाका नेताहरुकाे विश्वास छ  ।

स्थानीय तहमा संगठन सुदृढ गर्दै रास्वपालाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने संकल्प अधिवेशनले लिएको छ।

प्रतिक्रिया दिनुहोस्