images
images

बैतडीकाे सुर्नया–८ मा पूर्व वडा अध्यक्षसहित कांग्रेसका नेता रास्वपामा प्रवेश

बैतडी– बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले स्थानीय राजनीतिमा ठूलो हलचल पैदा गरेको छ।अधिवेशनकै क्रममा २०७४ सालको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष जितेका आनन्द बोहरा र नेपाली कांग्रेसका पूर्व वडा सभापति तथा पूर्व गाविस अध्यक्ष गगन साउदसहित दर्जनभन्दा बढी नेता–कार्यकर्ता अन्य पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् ।

नयाँ पार्टीप्रतिको आकर्षण तीव्र बन्दै गएको रास्वपाका नेता विशाल भट्टले बताए।

आज सम्पन्न अधिवेशनले गणेश साउदको नेतृत्वमा ११ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

रास्वपामा प्रवेश गर्ने नवआगन्तुकहरूलाई पार्टीका बैतडी उम्मेदवार हरिमोहन भण्डारीसहितका नेताहरूले अविर र माला लगाएर स्वागत गरेका थिए।

नेताहरूका अनुसार रास्वपाप्रति जनलहर उल्लेख्य रूपमा बढिरहेको छ।

यही जनआकर्षणले आगामी चुनावमा बैतडीमा रास्वपाको जित सुनिश्चित हुने दाबी नेताहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्