images
images

बैतडीमा ईभी  हाइस दुर्घटना हुँदा घाइते भएका चालक मदनकाे मृत्यु

बैतडी– बैतडीमा ईभी  हाइस दुर्घटना हुँदा घाइते भऐका चालकको मृत्यु भएकाे छ।

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जादैगरेको  सुप प्र ०२ ००१ ज ०६२४ नम्बरकाे ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिबार राति साढे ९ बजे दुर्घटनामा परेकाे थियाे ।

हाइस दुर्घटनामा  चालक दाेगडाकेदार-५ का मदन ठगुन्ना   घाइते भएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडूले  जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उनले बताए ।

हाइसमा चालक मात्रै सवार रहेका थिए ।

दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर  तल  खसेकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्