images
images

बैतडीकाे पुर्चाैडी–४ मा एमाले र कांग्रेसका नेता नेकपामा प्रवेश

बैतडी– बैतडीको पुचौँडी नगरपालिका–४ भटनामा नेकपा (एमाले) को स्थानीय संगठनमा धक्का लागेको छ।

एमालेका वडा कमिटीका पदाधिकारीसहित आधा दर्जन नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै साझा कम्युनिष्ट उम्मेदवारलाई विजयी गराउने संकल्पका साथ आफूहरू नेकपामा समाहित भएको नवप्रवेशी नेताहरूको भनाइ छ।

पार्टी प्रवेश कार्यक्रममा पुचौँडी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपाका प्रदेश उपाध्यक्ष रणबहादुर कुँवरले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभयो।

सोही अवसरमा नेपाली कांग्रेस परित्याग गरी दुई जना स्थानीय नेता पनि नेकपामा प्रवेश गरेका बताइएकाे छ ।

एमाले परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा वडा कमिटी सदस्य धनुवा लुहार, गेडे पार्की, नन्ते चुनारा, हरुवा चुनारा लगायत रहेका छन्।।

यस्तै नेपाली कांग्रेस छाडेर दल्लो चुनारा र सल्लो चुनाराले पनि नेकपा प्रवेश गरेको प्रदेश उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो।

पछाडि पारिएका वर्ग, श्रमिक र विपन्न नागरिकको हक–अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको कम्युनिष्ट आन्दोलनको साझा उम्मेदवार परमानन्द भट्ट नै भएकाले आफूहरूले नेकपा रोजेको नवप्रवेशी नेता धनुवा लुहारले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्