images
images

बैतडीमा माघ २७ देखि एचपीभी खाेप दिइदै

बैतडी-बैतडीमा माघ २७ देखि फागुन २ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप कार्यक्रम सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार यस वर्ष २४५३ किशोरीलाई नियमित खोपमा समावेश गरेर दिने लक्ष्य राखिएको छ।

खोप कार्यक्रम कक्षा ६ का छात्रा, गत वर्ष छुटेका कक्षा ७–१० का छात्रा र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई दिइनेछ।

गत वर्ष कक्षा ६–१० र विद्यालय बाहिर १०–१४ वर्षका १० हजार ३१० जनालाई अभियानको रुपमा खोप दिइएको थियो।

दशरथचन्द, मेलौली, पाटन, दोगडाकेदार, शिवनाथ र सिगासमा माघ २७–२९ र पुर्चौंडी र पञ्चेश्वरमा माघ २७–फागुन १ गते सम्म दिइने छ ।

सुर्नया र डिलाशैनीमा माघ २७ देखि फागुन २ गते सम्म दिइने बताइएकाे छ ।

छुटेका र नयाँ किशोरीलाई  खोप लगाइने छ।

 

प्रतिक्रिया दिनुहोस्