बैतडी -बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडा स्थित उदयदेव माध्यमिक विद्यालयले आफ्नो ४२औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
सोमबार विद्यालय परिसरमा विविध सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव आयोजना गरिएको विद्यालयका शिक्षक केशव सिंह साउदले जानकारी दिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाराम विकको सभाध्यक्षता तथा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मन्जु महरा बोहरा, प्रवक्ता प्रताम महरा, वडा नम्बर ३ का अध्यक्ष सम्भुप्रसाद भट्ट, शिक्षा शाखा प्रमुख टंक प्रसाद अवस्थी राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक वीर सिंह साउदले विद्यालयको आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक साउदले विद्यालयमा खानेपानीकाे अभाव, घेरबार , खेलमैदान समेत नहुँदा समस्या रहेकाे जनाएका थिए ।
वार्षिकाेत्सवकाे अवसरमा विद्यालयले वडा स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन समेत गरेकाे थियाे ।
विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिकोत्सबमा पुरस्कार वितरण गरिएको विद्यालय परिवारले जनाएको छ।
२०४१ सालमा स्थापना भएको उदयदेव माध्यमिक विद्यालय पालिगडामा हाल करिब २ सय विद्यार्थी अध्ययनरत रहेका छन्।










प्रतिक्रिया दिनुहोस्