images
images

शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको निमित्त प्रमुखमा शर्मा

बैतडी-  कार्यालय प्रमुखविहीन बनेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडी ले नयाँ नेतृत्व पाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार पुष्करराज शर्मा लाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

इकाइमा प्राविधिक सहायक पदमा कार्यरत शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनिक तथा आर्थिक अधिकारसहित जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि कार्यालय प्रमुख रहेका नरेन्द्रप्रसाद अवस्थी अनिवार्य अवकाशमा गएपछि केही दिनदेखि कार्यालय नेतृत्वविहीन अवस्थामा थियो ।

नयाँ जिम्मेवारीसँगै अब इकाइका प्रशासनिक तथा आर्थिक गतिविधि नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS