images
images

जिल्लाका पाँच जना क्रियाशील पत्रकारलाई बैतडी महासंघको सम्मान

बैतडी– नेपाल पत्रकार महासंघ बैतडी शाखाको १५औँ  वार्षिक    साधारणसभाको अवसरमा            जिल्लाका पाँच जना पत्रकार सम्मानित भएका छन् ।

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहँदै समाजमा सत्य सूचना प्रवाह, जनचेतना अभिवृद्धि गर्न  पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा वरिष्ठ पत्रकार लक्ष्मी दत्त पाण्डेय, गोकर्ण दयाल, लोकेश साउद, भगिरथ अवस्थी र कृष्ण विष्ट रहेका छन् ।

उनीहरुले पत्रकारितामार्फत जिल्लामा  ग्रामीण भेगका नागरिकका समस्या राज्यसम्म पुर्‍याउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS