images
images

ठिमुरामा बन्यो साढे २१ करोडको पक्की पुल, राष्ट्रपतिले उद्‍घाटन गर्ने

पूर्वाधार वाच, दमौली।

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालनमा आइसकेको छ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटन गर्न बाँकी रहेको बताए। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

उद्घाटनका लागि राष्ट्रपतिलाई आमन्त्रण गरिने सन्दर्भमा तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठकले निष्कर्ष निकाल्ने उनले बताए। २०७१ कात्तिक २० गते पुल निर्माण थालिए पनि ९ वर्षमा पुल बनेको हो।

प्रतिक्रिया दिनुहोस्