पूर्वाधार वाच, काठमाडौं ।
महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्का एक सदस्यले जानकारी दिए ।
महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ । टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो ।
भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए । तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन ।
राया राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन्।










प्रतिक्रिया दिनुहोस्