पूर्वाभार वाच, काठमाडौं ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड ९नेप्स० लाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौता गरेको छ।
बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसिएचएल र नेप्सका तर्फबाट संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच अन्तिम सम्झौतापत्र आदानप्रदान गरिएको हो।
अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभा मार्फत् आफ्नो सेयरधनीहरूको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिस्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने बताइएको छ।
बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित दुवै संस्थाहरू नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आआफ्नो क्षेत्रमा कार्य गरी आएका हुन्।
नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा दिँदै आएको छ।
त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत् आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ।










प्रतिक्रिया दिनुहोस्