images
images

तत्कालीन गाउँपालिका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरको छ ।

अख्तियारले सिचाई आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

अख्तियारले नभएको काम भएको भनेर सो रकम बढी भुक्तानी दिइएको दाबि गरेको छ ।

आरोप पत्र दायर गरिएकाहरुमा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा,  सव इन्जिनियर माधव कुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS