images
images

मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा, ५ करोड ३३ लाख बढी बिगो दाबी

पूर्वाधार वाच, काठमाडौं।

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपययोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अख्तियारले अनुसन्धान गरेको थियो । आयोगको अनुसन्धानमा थापाको ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ ६६ पैसा स्रोत नखुलेको सम्पत्ति देखिएको उल्लेख छ ।

२०७४ असोज ७ देखि २०७९ माघ २९ सम्मको अनुसन्धान जाँच अवधिको थापाको सम्पूर्ण वैधानिक आयको हिसाब गरेको आयोगले जनाएको छ । मेयर थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ ६६ पैसा बिगो माग दाबी गरिएको छ ।

नगर प्रमुखको रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि तथा उनको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम, उनले सार्वजनिक सेवामा प्रवेशपश्चात प्राप्त गरेको पारिश्रमिक बचत आय, उनको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणरकर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा रु. ७ करोड ८६ लाख ५० हजार २ सय एक रुपैयाँ ४८ पैसाको स्रोत खुल्न आएको आयोगको विज्ञप्तमा उल्लेख छ ।

थापाको एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारीका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बरावरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पूरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गर्ने माग गर्दै उनीहरुबिरुद्ध पनि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS