images
images

महालेखा परीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

पूर्वाधार वाच, काठमाडौं।

संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिश भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखा परीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।

रायाले १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो।

यसअघिका महालेखा परीक्षक टंकमणि शर्माको कार्यकाल गत जेठ ७ मा सकिएपछि उक्त पद रिक्त थियो। राया हाल राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन्।

 

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS