पूर्वाधार वाच, काठमाडौं।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विशिष्ट श्रेणी सुरेश अधिकारी अनिवार्य अवकाशमा गएका छन् । पाँच वर्षे सेवा अवधि सकिएपछि अधिकारीले अनिवार्य अवकाश पाएका हुन् ।
उनी वि.सं. २०७६ वैशाख १० गते सचिवमा बढुवा भएका थिए । सचिव पदको कार्यकाल सकिएसँगै उनी १७ गते अर्था्त आजैदेखि घर गएका हुन् । मन्त्रालयले उनको आजै बिदाई गरेको छ ।
सचिव अधिकारीले आफ्नो कार्यकालमा कोशी प्रदेश प्रमुख सचिव हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सेवा गरेका थिए । सचिव अधिकारीको अवकाशसँगै एक सचिव पद रिक्त भएको छ ।










प्रतिक्रिया दिनुहोस्