पूर्वाधार वाच, काठमाडौं ।
पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाइ नीति र कानुनमा समसामयिक सुधार गरिने बताए।
उनले हवाइ सेवालाई सुरक्षित सुलभ र पहुँचयोग्य बनाइने, आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नती गरी पूर्ण क्षमतामा सञ्चालन गरिने र पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ घोषणा गरे।
यस्तै नेपाली वायुसेवा कम्पनीहरुको अन्तराष्ट्रिय बजारमा विस्तार गरिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्