images
images

राष्ट्रिय अनुसन्धान विभागमा तीन पदका लागि २५२ कर्मचारी माग

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय अनुसन्धान विभाग तीन पदका लागि २५२ कर्मचारी माग गरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै विभागले सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि कर्मचारी माग गरेको हो ।

विभागले सहायक सूचक २३४ ‘खुला १२८, आदिवासीरजनजाति ३३, मधेशी २९, महिला २८, दलित १६ र पिछडिएको क्षेत्र ६०, सुरक्षा गार्डका लागि १६ (खुला ९, आदिवासी/जनजाति १, मधेशी २, महिला २, दलित १ र पिछडिएको क्षेत्र १० र परिचरका लागि २ (खुला १ र मधेशी १) कर्मचारी मागेको हो ।

सहायक सूचकका लागि कम्तिमा एसएलसीरएसईई पास, सुरक्षा गार्डका लागि ८ कक्षा पास र परिचरका लागि सामान्य लेखपढ गर्नसक्ने नेपाली नागरिकले असार १० गतेसम्म दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्