images
images

कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति

पूर्वाधर वाच, काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।

सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौं  पक्राउ गरिएको थियो ।

शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।

पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।

प्रतिक्रिया दिनुहोस्