images
images

देशभर इन्टरनेट सेवामा समस्या

पूर्वाधार वाच, काठमाडौं ।

देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् ।

इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन् ।

बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्