पूर्वाधार वाच, काठमाडौं।
एकैपटक ६ जना सचिवको सरुवा भभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निणैय गरेको हो ।
सरुवा हुनेहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डे, पर्यटन मन्त्रालयका सचिव दिपक काफ्ले, वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खराललगायत छन् ।
सरकारले सचिव पाण्डेलाई पर्यटन मन्त्रालय पठाएको छ भने त्यहाँका सचिव काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव गोविन्द प्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरेको छ ।
यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्