images
images

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

पूर्वाधार वाच, काठमाडौं ।

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९:४५ बजेबाट आफ्नो कनफरमेसन नम्बर https://dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्