पहिरोले पोल ढलेपछि सुर्नया गाउँपालिका वडा नं ४ को पालीगडा, बङसल्ला, चनेता लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध भएपछि समस्या भएकाे शिक्षक साउदले बताए ।
नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रबाट टोली पुगेर काम गर्ने बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले भने अवरुद्ध भएकाे विद्युत सेवा सुचारूका लागि पहल भैसकेकाे बताए । वडान नं ४ मा अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्नका लागि भोलि प्राविधककाे टोली पुगेर काम गर्ने उनकाे भनाइ छ ।
वडा नं ५ को हरिचन र वडा नं ६ को घोगेडामा विद्युतीय संरचनाहरुमा व्यापक क्षति भएकाले विद्युत सुचारु हुन भने केही दिन लाग्ने बताइएकाे छ । पाेल ढलेर विद्युत सेवा अवरुद्ध भएपछि नमगरिकहरु अन्धकारमा बस्न बाध्य छन् ।










प्रतिक्रिया दिनुहोस्