बैतडी– बैतडीकाे सुर्नया गाउँपालिकामा देउडा प्रतियाेगीता हुने भएकाे छ । हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा यहि भदाै १९र २० गते देउडा प्रतियोगिता हुने भएकाे हाे ।
गाउँँपालिकाले शुक्रबार जारी गरेकाे सूचनामा देउडा प्रतियोगिता सहितकाे भव्य तीज विशेष कार्यक्रम हुने जनाइएकाे छ । गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा हुने देउडा प्रतियोगितामा देउडा प्रेमि महिलाहरुले टिम बनाएर सहभागी हुन पाउने छन् ।
देउडा प्रतियोगितामा उत्कृष्ट ४ जनालाई सम्मान सहित पुरस्कृत समेत गरिने बताइएकाे छ । गाउँपालिकाले तीज विशेष कार्यक्रममा आयाेजना गरेकाे देउडा प्रतियाेगितामा प्रदान गर्ने पुरस्कारकाे धनराशि भने खुलाएकाे छैन् ।
प्रदान गरिने पुरस्कारकाे धनराशि स्पष्ट नखुलाइदा प्रतियाेगितामा देउडीयाहरुकाे न्यून उपस्थित रहने कतिपयकाे भनाई छ ।
गाउँपालिकाकाे प्राङ्गणमा हुने कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुराेध समेत गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्