images
images

बैतडीकाे सुर्नया गाउँपालिकाका हाकिम राेकाकाे सरुवा

सरुवा भएपछि राेका  रमना लिएर सुर्नयाबाट    गइसकेका छन् । सामान्य  मन्त्रालयबाट भदाै ७ गते सरुवाकाे  पत्र प्राप्त भएकाे र १४ गते  बिहीवार आफू रमना लिएर  गएकाे राेकाले बताए ।

राेका गएको चैत्र १ गते  देखि  सुर्नया गाउँपालिकामा  प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएकाे फागुन ९ गते सुर्नया गाउँपालिकाकाे प्रमुख प्रशासकीय  अधिकृतकाे रुपमा खटाएकाे थियाे ।

सुर्नयामा हाकिमकाे सरुवा  भएपछि पालिकामा  आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा पर्ने देखिएको छ ।

स्थानीयतहहरुमा कार्यरत  हाकिमहरुकाे छाेटाे  समयमै सरुवा   हुँदा समस्या हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्