बैतडी– बैतडीकाे सुर्नया गाउँपालिकामा हुने देउडा प्रतियाेगीताकाे पुरस्कार राशि सार्वजनिक गरिएकाे छ । हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा यहि भदाै १९र २० गते हुने देउडा प्रतियोगिताकाे पुरस्कार राशि सार्वजनिक गरिएकाे हाे । देउडा प्रतियोगिताकाे पुरस्कार राशि सार्वजनिक गरिएकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला चन्दले जानकारी दिइन। जारी सूचनामा पुरस्कार राशि उल्लेख नगरिए पनि साेमवार सबै संग छलफल गरेर पुरस्कार राशि सार्वजनिक गरिएकाे उनकाे भनाइ छ । उनका अनुसार प्रतियोगिताकाे प्रथम पुरस्कार १० हजार , द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार ५ सय ताेकीएकाे छ ।यस्तै गाउँपालिकाले सञ्चालन गर्ने तीज विशेष सहितकाे देउडा प्रतियोगिता कार्यक्रममा देउडा गायक तथा कलाकार अमृत नाथकाे प्रस्तुति समेत रहने गाउँपालिका उपाध्यक्ष मञ्जु महरा बाेहराेले बताइन ।सुदूरपश्चिमकाे भाषा कला संस्कृति संरक्षणमा लागि परेका कलाकार नाथकाे उपस्थितिले कार्यक्रम अझ प्रभावकारी हुने उपाध्यक्ष बाेहराले बताइन् ।कलाकार नाथकाे प्रस्तुति २० गते रहने छ । गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा हुने देउडा प्रतियोगितामा देउडा प्रेमि महिलाहरुले मात्रै टिम बनाएर सहभागी हुन पाउने छन् । गाउँपालिकाकाे प्राङ्गणमा हुने कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुराेध समेत गरिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्