images
images

बैतडीकाे सिद्धेश्वर माविले गर्याे कुशे औँसीको अवसरमा ज्येष्ठ बुबाहरुलाई सम्मान

बैतडी-बैतडीकाे एक विद्यालयले कुशे औँसीको   अवसरमा ज्येष्ठ बुबाहरुलाई सम्मान गरेकाे छ ।

जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर नमूना मावि हुक्केडाँडाले ज्येष्ठ बुबाहरुलाई सम्मान गरेकाे हाे ।

कुशे औँसी अर्थात बुबाकाे मुख हेर्ने दिनकाे अवसर पारेर साेमबार एक कार्यक्रमकाबीच विद्यालय सेवा क्षेत्र भित्रका १४ जना ज्येष्ठ बुबाहरुलाई सम्मान गरिएको सिद्धेश्वर नमूना मावि हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।

जेष्ठ बुबाहरुलाई अबिर सहित फूलमाला     लगाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए ।

सबैमा बुबाहरुकाे माया र सम्मान गर्नु पर्छ भन्ने भावनाकाे विकास होस भन्ने उदेश्यले बुबा सम्मान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भाटले बताए ।

बताइएको छ ।सिदेश्वर नमूना माविले २०७३ साल देखि प्रत्येक वर्ष कुशे औँसीमा बुबा र माता तिर्थ औँसीकाे अवसरमा आामाहरुलाइ सम्मान गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्