बैतडी –बैतडीकाे पाटन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । नगरपालिकाकाे वडा नं ६ डुङराकी ५७ बर्षीया जानकी लुहारको साेमवार करेन्ट लागेर मृत्यु भएको हो ।
दिउँसो साढे चार बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबीन तारमा भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा लुहारलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
यस्तैलुहारलाई करेन्ट लागेपछि छुटाउन गएका सोही ठाउँका ४ जना सामान्य घाइते भएका छन् ।
३८ बर्षीया कलावती ओड, १२ बर्षीया पवित्रा ओड, १० बर्षीया भुवनेश्वर ओड र २२ बर्षीया सीता लुहार करेन्टको झट्का लागेर समान्य घाइते भएका हुन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले बताए ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्