बैतडी-अनेरास्ववियू क्रान्तिकारीकाे जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन अनेरास्ववियू (क्रान्तिकारी) बैतडीको १० औँ जिल्ला सम्मेलन मंगलबार पाटनमा सम्पन्न भएको हाे ।
पाटन नगरपालिकाको सभाहलमा सम्पन्न जिल्ला सम्मेलनले सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन गरेकाे छ ।
सम्मेलनले सोनम धामीकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला समिती चयन गरेकाे छ । यस्तै सम्मेलनले उपाध्यक्षामा अर्जुन बोहरा, उपाध्यक्षमा राम भट्टराई, सचिवमा मिना भट्ट, सह- सचिवमा लोक बहादुर कार्की,हजारी खत्री र कोषाध्यक्षमा गौरव लुहार चयन गरेकाे हाे ।
अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष गणेश बमको अध्यक्षतामा पाटनमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष डा.अच्युत भट्ट, विशिष्ट अतिथि पुर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य )माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, जिल्ला समन्वय समितीका उपप्रमुख दमन कुँवर, पाटन नगरपालिकाका उपप्रमुख तथा प्रदेश कमिटी, सदस्य कमलसिंह बोहरा (अपी), पाटन नगर इन्चार्ज एवं वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट लगायत अन्य माओवादीका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।
अनेरास्ववियू क्रान्तिकारी नव निर्वाचित अध्यक्ष धामीले संगठनलाई बलियाे बनाउन लागि पर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्