images
images

बैतडीकाे मेलौलीमा वित्तीय साक्षरता तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

बैतडी-ब‌ैतडीकाे मेलौलीमा वित्तीय साक्षरता तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

शाखा प्रमुख मनोज भाटको सभाध्यक्षता तथा मणिलेक बहुमुखी क्याम्पस मेलौलीका क्याम्पस प्रमुख भगिरथ सिंह नेगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

क्याम्पस प्राङ्गणमा सञ्चालन गरिएको कार्यक्रममा सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। सामूहिक नृत्य प्रतियोगितामा केन्द्र नं ११ उर्जाशील आत्मनिर्भर महिला केन्द्र मेलौली १ प्रथम, केन्द्र नं २१ लटैनाथ आत्मनिर्भर महिला केन्द्र मेलौली ६ द्वितिय, केन्द्र नं३३ मर्छल्या आत्मनिर्भर महिला केन्द्र मेलौली ७ ले तृतीय स्थान प्राप्त गरेकाे थियाे ।

यस्त‌ै केन्द्र नं ४ ब्राईटस्टार आत्मनिर्भर महिला केन्द्र मेलौली ७ले सान्त्वना स्थान प्राप्त गरेकाे थियाे ।

सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने केन्द्रलाई ४हजार ९९, द्वितियलाई २ हजार ५९९,तृतीयलाई १हजार ५९९ र सान्त्वनालाई ८ सय९९ रुपैँया प्रदान गरिएको शाखाका कर्मचारी दिपक प्रसाद भट्टले बताए ।

सान्त्वना बाहेक अन्य सहभागि सबैलाई बिभिन्न कितावहरु वितरण गरिएको कर्मचारी भट्टले जानकारी दिए ।कार्यक्रममा क्याम्पसका सम्पूर्ण शिक्षक, बिद्यार्थी, सिवाईसीमा आबद्ध ४९ केन्द्रका करिब ४५० सदस्यहरु, पत्रकार लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीमा आवद्ध सदस्यहरुले यस्ता कार्यक्रम बेलाबेलामा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। यस्ता कार्यक्रमले चौतर्फी विकासमा टेवा पुग्ने उनकाे भनाइ थियाे । यसैगरी शाखा प्रमुख भाटले बित्तीय साक्षरता सम्बन्धि जानकारी दिएका थिए। बचत किन गर्ने, के का लागि गर्ने, बचत गर्दा के हुन्छ लगायत बारेमा पनि कार्यक्रममा उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS