बैतडी-बैतडीमा एक नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ। जिल्लाकाे सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर आज्ञात समूहले तोडफोड गरेकाे हो।
स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको स्थानीयले बताए ।
स्थानीयहरुका अनुसार टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय बैतडीले पनि टावरमा क्षति भएको जानकारी प्राप्त भएकाे बताएकाे छ ।
जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटना स्थलतर्फ गएकाे जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्