images
images

भारतकाे बैंगलाेरमा बैतडीका एक युवक मृत फेला

बैतडी-बैतडीका एक युवक भारतमा मृत फेला परेका छन् । जिल्लाकाे पुर्चाैडी नगरपालिका वडा नं ७ घर भएका लक्षमण ऐर भारतकाे ब्याङ्गलाेर ह्वाइटफिल्ड नजिक नेल्लुर हल्ली भन्ने ठाउँकाे नालीमा मृत अवस्थामा फेला परेका हुन् ।

उनकाे मृत्युकाे कारण खुलेकाे छैन् । ब्याङ्गलाेरमा काम गर्ने केही युवाहरुका अनुसार मंगलबार  राति बैतडी र दार्चुलाका युवाहरु बिच एक आपसमा कुटाकुट भएकाे बुझिएकाे छ ।

मृतक ऐरकाे शव अहिले अस्पतालमा राखिएकाे र घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेकाे राेजगारिकाे सिलसिलामा भारतमा रहेका पुर्चाैडीकै युवा  नरेश ऐरले बताए ।

प्रतिक्रिया दिनुहोस्