images
images

बैतडीकाे भौनेली स्वास्थ्यचौकीका इन्चार्ज महरा उत्कृष्ट स्वास्थ्यकर्मीकाे रुपमा सम्मानित

बैतडी-बैतडीकाे भाैनेली स्वास्थ्यचाैकीका  इन्चार्ज महरा उत्कृष्ट स्वास्थ्यकर्मीकाे रुपमा सम्मानित भएका छन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ४ मा रहेकाे भाैनेली स्वास्थ्यचाैकीका इन्चार सुरेन्द्र सिंह महरा स्वास्थ्य कार्यालय बैतडीले आयाेजना गरेकाे वार्षिक समीक्षा तथा याेजना   तर्जुमा गाेष्ठि कार्यक्रममा  उत्कृष्ट स्वास्थ्यकर्मीकाे रुपमा सम्मानित  भएका हुन् ।

कार्यसम्पादन मुुल्याङ्कनका आधारमा स्वास्थ्यकर्मी महरा सुर्नया गाउँपालिका भित्रमै उत्कृष्ट देखिएपछि सम्मान गरिएकाे स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ ।

बुधवार स्वास्थ्य कार्यालय बैतडीले आयाेजना गरेकाे आर्थीक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे जिल्ला स्तरीय   वार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्ठी कार्यक्रममा स्वास्थ्यकर्मी महरालाई दाेसल्ला सहित सम्मान पत्र दिएर सम्मान गरिएकाे हाे ।

उत्कृष्ट स्वास्थ्यकर्मीकाे रुपमा सम्मानित हुन  पाउँदा खुसि लागेकाे र अझै काम गर्ने हाैसला बढेकाे महराले बताए ।

प्रतिक्रिया दिनुहोस्