images
images

मलेसियामा अस्ताएका बैतडीका विष्टकाे परिवारलाई ४ लाख ७३ हजार आर्थिक सहयाेग

बैतडी– मलेसियामा अस्ताएका ब‌ैतडीका मानबहादुरकाे परिवारलाई आर्थिक सहयाेग गरिएकाे छ ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नम्बर २ ग्वानीका मान बहादुर बिष्टको गत साउन २५ गते मलेसियामा मृत्यु भएकाे थियाे ।

मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको मृत्यु पछि उनकाे परिवारलाइ घर देश तथा प्रदेशमा  भएका सबै युवाहुरुले आर्थिक सहयाेग गरेका हुन् ।

मलेसियामा  मृत्यु पछि बिचल्लिमा परेकाे विष्टकाे परिवारलाई केही राहत मिलाेस भनेर ग्वानी घर भइ हाल राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका समाजसेवी युवा बिनाेद बहादुर विष्टले आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए ।

उनकाे अगुवाइत्वमा संकलित ४ लाख ७३ हजार ६ सय ३६ रुपैँया दिवंग विष्टकाे परिवारलाइ दिइएकाे हाे ।

परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका मान बहादुर उतै अस्ताएपछि परिवारकाे समस्यालाई मध्यनजर गरेर केही राहत हाेस भनेर आर्थिक संकलन अभियान सञ्चालन गरेकाे समाजसेवी युवा बिनाेदले बताए।

साे अभियानमा स्वदेश र विदेशमा भएका सबै युवाले सहयाेग गरेका उनले बताए । संकलित रकम दिवंगत मान बहादुरकी छाेरीकाे खातामा जम्मा गरिएकाे उनकाे भनाइ छ । बिनोद लामाे समय देखि सामाजिक कार्यमा अग्रसर हुँदै आएका  छन्  ।

उनले कोरोना कहरका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन गरेर नागरिकहरुलाई सेवा समेत दिएका थिए ।

गाउँ समाजको मुहार फेर्ने मनसायले सामाजिक कार्यमा सरिक हुँदै आएका बिनोद दुःख र पीडामा परेकालाई सहयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्